नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ भदौ ।
फ्रान्समा एक व्यक्तिले झिंगा मार्ने प्रयास गरे तर यो चक्करमा उनको घर नै जलेको खबर सार्वजनिक भएको छ । दोर्दोनमा रहने ८० वर्षका वृद्धले रातीको खाना खाने तयारी गरिरहँदा एक झिंगा भन्किन थालेपछि परेशान भए ।
त्यसपछि उनले किरा मार्नमा काम लाग्ने इलेक्ट्रोनिक रकेट उठाए र झिंगालाई मार्ने प्रयास गरे । तर त्यही बेला उनको घरको ग्यास लिक भइरहेको थियो र इलेक्ट्रोनिक रकेट हावामा चलाएपछि एकाएक विष्फोट भयो ।
विष्फोटपछि भएको आगलागीका कारण उनको घरकोे अधिकांश भाग जलेर नष्ट भयो । स्थानीय सञ्चार माध्यमहरुका अनुसार भाग्यवस ती वृद्धको ज्यान भने जोगियो तर उनको हातको केही भाग जलेको छ ।