महिलालाई बलात्कार गरेको आरोपमा स्वयं प्रहरी जवान नै पक्राउ

गौशालास्थित पशुपति वनकालीमा श्रीमान् र छोरीसँग बस्दै आएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना प्रहरी जवान पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत गौशालामा सादा पोसाकमा कार्यरत जवानले आइतबार साँझ ७ बजेको समयमा ती महिला एक्लै भएको मौका छोपी बलात्कार गरेको आरोप लागेको छ । गौशाला प्रहरी वृतले आरोपित जवानलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए ।



२१ वर्षीया ती महिला वनकालीमा बनाइएको टहरामा बस्थिन् ।

सम्बन्धित समाचार