पछिल्लो २४ घण्टामा नेपालमा कति थपिए कोरोना संक्रमित ?

नेपालमा आज (सोमवार) एकैपटक ९७९ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३०० जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको छ । नेपालमा कुल संक्रमित मध्ये ६५ प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् ।



नेपालमा हिजो (आईतवार) ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार