नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदौ ।
सुनको मूल्यमा फेरि गिरावट आएको छ । गत बुधबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि प्रतितोला ३०० रूपैयाँ घटेको छ ।
आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने सुनचाँदीको मूल्य घटबड भएको थिएन ।
यसैगरी, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला एक हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि आइतबार चाँदीको भाउ प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिद बिक्री भएको थियो।