नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदौ ।

काठमाडौं हाल गत तीन हप्तादेखि निषेधाज्ञा छ । निषेधाज्ञाको बाबजुद पनि संक्रमण दिनप्रतिदिन बढिरहेको छ । काठमाडौं उपत्यकामा निषेधााज्ञाको निर्णय उपत्यकाका तीनै जिल्लाका सीडियोहरुको छलफलपछि भएको हो । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा लागु भएको निषेधाज्ञा के हुने भन्नेबारे बुधबार मात्रै निर्णय हुने भएको छ ।
दोस्रो पटक लागु भएको निषेधाज्ञाको समय बुधबार मध्यरातमा सकिँदै छ । त्यसअघि नै बुधबार दिउँसो अब के हुने भन्नेबारे निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए ।
निषेधाज्ञा कसरी अघि बढाउने वा के गर्ने भन्नेबारे छलफल भइरहेको उनले बताए । काठमाडौँ उपत्यकामा संक्रमण बढ्दै गएपछि भदौ ३ गतेदेखि निषेधाज्ञा जारी छ ।
