नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदाै ।
चलचित्र ‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको असामायीक निधन भएको छ । मंगलबार राति मेट्रो हस्पिटल महाराजगंजमा उनको निधन भएको हो । लिभरमा समस्या भएका छेतेन २ दिनअघि हस्पिटल भर्ना भएका थिए ।
उपचारको क्रममा नै उनको निधन भएको ‘प्रेम गीत’ निर्माता सन्तोष सेनले जानकारी दिए । सन्तोषका अनुसार विहीबार छेतनको अन्तेष्टि गरिने छ । ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता सफल चलचित्र लेखेका छेतनले ‘डम्बरुको डन्डिबियो’बाट निर्देशनमा हात हालेका थिए ।
उनको लेखन तथा निर्देशनमा रहेको चलचित्र ‘प्रेम गीत ३’ कोरोनाका कारण रिलिज हुन पाएको छैन ।