नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदौ ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज ६ सयले बढ्दै सुन ९६ हजार ४ सयमा कारोबार भइरहेको छ ।
गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएको थियो । आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको सुन मंगलबार पुनः ३ सयले घटेको थियो । बुधबार (आज) भने एकै दिन ६ सयले बढ्दै सुन ९६ हजार ४ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९५ हजार ९ सय निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्यमा पनि ५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १,३१५ कायम रहेको महासंघले जनाएको छ ।