आफ्नै ६३ वर्षीया आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

आफ्नै वृद्ध आमालाई बलात्कार गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । इलामका एक २३ वर्षीय युवाले आफ्नै ६३ वर्षीय आमालाई यही भदौ ७ गते राति बलात्कार फरार भएका थिए ।

फरार युवाविरुद्ध जिल्ला प्रहरी कार्यालय, इलाममा परेको जाहेरीका आधारमा प्रहरीले मंगलबार राति ती युवालाई इलाम नगरपालिका–५, तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिए ।



उनले परिवारभित्रको घटना भएको र परिचय खुल्दा थप समस्या हुने भएका कारण पीडक र पीडितको नाम ठेगना गोप्य राखेर अनुसन्धान अगाडि बढाएका बताए । ‘परिवारभित्रको घटना भएका कारण पीडक र पीडित नाम र ठेगना गोप्य राखेर अनुसन्धान अगाडि बढाएका छौँ’, डीएसपी सुवेदीले भने ।

पक्राउ परेका ती युवालाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाउने उनले बताए । ती युवाविरुद्ध जवर्जस्ती करणी, हाडनाता करणी लगायतका मुद्दामा अनुसन्धान हुने उनले जनाकारी दिए।

सम्बन्धित समाचार