रियाको एउटा बयानले हल्लियो बलिउड, डराएर गर्न थाले समर्थन

सुशान्त सिंह राजपुतको निधन पछि बलिउडमा एक पछि अर्को झड्का लाग्दै गएको छ । उनको निधनले बलिउड २ धारमा बाडिएर अनेक तर्क र बितर्क गर्न थाले । अहिले उक्त्त केशमा नयाँ ट्वीस्ट आएको छ ।

बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले पक्राउ गरेपछि बलिउडमा रुवाबासी सुरु भएको छ । पछिल्लो समय चक्रवर्ती विरुद्ध लागु औषधि लिने दिने र बेच्ने गरेको आरोप लागेको छ ।



उनी आफैले पनि ड्रग्स सेवन गर्ने गरेको कुरा स्वीकारेकी छिन् । उनीले आफुले सेवन गर्ने कुरा स्वीकार्दै बलिउडमा ८० प्रतिशत भन्दा बढी कलाकार कुलतमा रहेको बयान दिएको छिन् । उनको यो बयानले बलिउडकर्मीहरुको डराएको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनको बयानबाट आजित भएर करण जोहरसँग निकट कलाकारहरुले उनको समर्थन गर्न थालेका छन् । करिना कपुर, सोनमकपुर लगायतका कलाकारहरु लगातार रियाको समर्थनमा उत्रिनु पनि शंकास्पद नै रहेको छ ।

विवादमा रहेकी कंगनाले बलिउडका धेरै कलाकारहरु ड्रग्स केसमा सामेल भएका र उनीहरुको व्लड टेष्ट गर्न मुम्बइ पुलिस सँग आग्रह गरेको थिइन् । कंगनाले नामै तोकेर बलिउडकर्मीको बारेमा बताएको थिइन् । उनले दिपिका पादुकोण, रणवीर सिंह, रणवीर कपुरलगायतको नाम सार्वजनिक गरेको थिइन् ।

सम्बन्धित समाचार