पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

नेपालमा आज (बुधवार) एकैपटक १ हजार ८१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २१९ पुगेको छ । त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३०६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ९१८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ । नेपालमा कुल संक्रमित मध्ये ६८.८ प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हिजो (मंगलवार) ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।



यसैबीच हालको अवस्थामा उपचाररत अर्थात् एक्टिभ केस १५ हजार २५ रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये होम आईसोलेसनमा ७ हजार ३७ जना र संस्थागत आईसोलेसनमा ७ हजार ९ सय ८८ जना छन् । ती मध्ये १६२ जना संक्रमितको आईसियु र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ५ हजार ४ सय ८० जना रहेका छन् ।

सम्बन्धित समाचार