१८ वर्षीया किशोरीलाई ललाई फकाई भारत लिएर जाँदै गरेका युवकहरु पक्राउ

एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लिएर जाँदै गरेका ६ युवकलाई रौतहटको सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका-७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो।

बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सात जना भारततर्फ गइरहेको अवस्थामा पक्राउ परेका हुन् । शंका लागेर जाँच गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका– ५ की यादव थरकी १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका– ८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल रहेका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

सातै जना जिल्ला प्रहरीको नियन्त्रणमा छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार