नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ भदौ ।
बलिउड अभिनेत्री कंगना रनौतको कार्यालय डोजर चलाएर भत्काइएको छ । महाराष्ट्र सरकारसँग कंगनाको विवाद चलिरहँदा यस्तो घटना भएको हो । कंगनाले उक्त भवन अवैध रुपमा बनाएको कारण देखाउँदै बृहन्मुम्बई महानगरपालिकाले डोजर प्रयोग गरी कार्यालय भत्काइदिएको हो । महानगरले यसअघि नै २४ घन्टे अल्टिमेटमसहित बीएमसीले नोटिस टाँसेको थियो । कंगना भने मुम्बइ पुग्नुअघि नै उनको कार्यालय भत्काइएको हो । कंगनाले यस घटनाको विरोध गर्दै ट्वीटरमा समेत लेखेकी छन् ।
उनले कार्यालय फेरि निर्माण गर्ने भन्दै सरकारलाई चेतावनी दिएकी छन् । कंगनाको केही सातादेखि नै महाराष्ट्र सरकारका मुख्यमन्त्री उद्धव ठाकरेसँग वादविवाद हुँदैआएको थियो । सुशान्त सिंह राजपुतको मृत्यु र रिया चक्रवर्तीको पक्राउबारे कंगनाले सार्वजनिक रुपमा विवादित अभिव्यक्ति दिँदै आएकी छन् ।
यसबारे महाराष्ट्रका मन्त्री सञ्जय राउत लगायत नेताहरुसँग वाकयुद्ध नै चल्दैआएको छ । कंगनाले उक्त घटनालाई महराष्ट्र सरकारका ‘गुन्डाहरु’ आफ्नो अफिस पुगेको र अफिस भत्काएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् । साथै महानगरविरुद्ध उच्च न्यायलयमा उजुरी पनि दिएकी छन् । तर कंगनालाई हिमाञ्चल प्रदेश सरकारले यसअघि नै ११ जना सुरक्षाकर्मीसहितको ‘वाई ग्रेड’ को सुरक्षा पहरा दिएको छ ।
कंगनाले दिइन् उद्धव ठाकरेलाई चुनौती
बीएमसीले कंगनाको अफिस तोडेपछि कंगनाले एउटा भिडियो जारी गरेकी थिइन् जसमा उनले उद्धव ठाकरेलाई सिधा चुनौती दिएकी छन् । कंगनाले भनेकी छन्, ‘आज मेरो घर टुटेको छ, भोलि उद्धव ठाकरेको घमण्ड टुट्नेछ । यो समयको पांग्रा हो, याद राख, यो हमेशा उस्तै रहँदैन । मलाई लाग्दछ तिमीले मलाई निकै ठूलो उपकार गरेका छौ । किनकी मलाई थाहा थियो कि कश्मीरी पंडितहरुमाथि के भयो होला । आज मैले महशुस गरेकी छु र आज म यस देशलाई वचन दिन्छुु कि मैले अयोध्यामाथि मात्र होइन कि कश्मीर माथि पनि एउटा फिल्म बनाउँनेछु । उद्धव ठाकरे यो जुन क्रुरता र आतंक मेरो साथ भयो, राम्रो भयो किनकी यसको केही मतलब छ ।’
तुमने जो किया अच्छा किया 🙂#DeathOfDemocracy pic.twitter.com/TBZiYytSEw
— Kangana Ranaut (Modi Ka Parivar) (@KanganaTeam) September 9, 2020