नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ भदौ ।

प्रहरीले काठमाडौंको विभिन्न स्थानमा खुलेका फेन्सी र कपडा पसल बन्द गराएका छन् । काठमाडौँ उपत्यकामा तीनहप्तादेखिको निषेधाज्ञा खुकुलो भएसँगै असन, इन्द्रचोक, महाबौद्ध क्षेत्रमा आज खोलिएका फेन्सी स्टोर, कपडा पसल प्रहरीले बन्द गराएको हो ।
प्रशासनले विभिन्न व्यापार व्यवसायका लागि समय तालिका र हप्ताका विभिन्न दिनहरु तोकेको छ । नियम अनुसार सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसलहरु सोमबार, बुधबार र शनिबार मात्र खुल्न पाउँछन् ।
तर केही व्यवसायीहरुले भने सो नियम उल्लंघन गरेर पसल खोलेपछि प्रहरीले कडाइ गरेको हो ।
