नेपालमा बितेको २४ घण्टामा कति कोरोना संक्रमित थपिए ?

बितेको २४ घण्टामा नेपालमा थप १ हजार २४६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार १४४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै बितेको २४ घण्टामा थप १ हजार ८१८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३५ हजार ७०० पुगेको छ । यो कुल संक्रमितको ७१ प्रतिशत हो । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ ।



यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १४ हजार ४४८ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ६ हजार ४३८ जना र संस्थागत आईसोलेसनमा ८ हजार १० जना छन् । तिमध्ये १६५ जना संक्रमितको आईसियु र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हिजो बुधवार नेपालमा १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको थियो । ९१८ जना संक्रमणमुक्त भएका थिए भने ६ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार