चितवनमा बिहानै थपिए ३१ जनामा कोरोना संक्रमित

चितवनस्थित भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा ३४ जना संक्रमित थपिएका छन् । चितवन, नवलपुर र पर्सामा गरी ३४ जना संक्रमित थपिएका अस्पतालले जनाएको छ । चितवनका ३१, नवलपुरका २ र पर्साका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा चितवनका सबै भरतपुर महानगरपालिकाका रहेका छन् । जसमध्ये २६ जना पुरुष र ५ जना महिला रहेका छन् । पुरुषहरु १२ वर्षीय बालकदेखि ५७ वर्ष उमेर समूहका छन् । यस्तै महिलाहरु २४ देखि ५४ वर्ष उमेर समूहका छन् । उनीहरु सबैको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।



यसैगरि नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१ का २८ वर्षीय पुरुष र २९ वर्षीया महिला गरी दुई जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट स्वाब दिएका थिए । यस्तै पर्साको ठोरी–२ की २१ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ। चितवनमा शुक्रबार विहानसम्म कुल संक्रमितको संख्या ११ सय नाघेको छ ।

सम्बन्धित समाचार