कोटेश्वर–कलंकी सडकमा अझै बनेन ‘सर्भिस ट्याक’

चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलंकी सडक) विस्तार सम्पन्न भएको दुई वर्ष बित्दासमेत बाहिरी लेन (सर्भिस ट्याक) निर्माण हुन सकेको छैन । चिनियाँ सहयोगमा आठ लेन सडक निर्माण गरेपछि  त्यस बाहिर दुबैतर्फ एक(एक लेनको सर्भिस ट्याक निर्माण गर्ने सहमति भएको थियो ।

सडक विभागले तीन वर्ष पहिले नै निर्माण सुरु गरेपनि अझै सम्पन्‍न भइसकेको छैन । निर्माण हुन बाँकी खण्डमा कतै भौगोलिक कठिनाइ त कतै त्यहाँ रहेका भौतिक संरचना हटाउन नसकिदा ‘सर्भिस ट्याक’ निर्माण गर्न नसकिएको हो । भौगोलिक कठिनाइ भएका स्थानमा काठमाडौँ चक्रपथ योजनाले सडकको साटो भर्‍याङ बनाउने योजना गरेको छ । कतिपय स्थानमा भने समस्या हटाएर सडक नै बनाउने तयारी भएको छ ।



बालकुमारी पुलबाट कोटेश्वरतर्फ दुवैतर्फ ट्याक निर्माण हुन नसकेको योजना प्रमुख अमृतमणि रिमालले बताए । चक्रपथको भित्रपट्टि र बाहिरपट्टि गरी दुवैतर्फ भूगोल अग्लो होचो रहेको छ । थोरै क्षेत्रमा जमीनको तह निकै फरक रहेकाले सडक बन्न नसकेको हो । सडकको दायाँतर्फ सडकको साटो भर्‍याङ हालिने तयारी भइरहेको छ । बायाँतर्फ सडकको अधिकार क्षेत्रमा दुई घरका कारण सर्भिस ट्याक बन्न सकेको छैन ।

चक्रपथको अधिकार क्षेत्रबीच भागबाट दुवैतर्फ २५-२५ मिटर र अर्को छ-छ मिटर ‘सिड बेल्ट’ हुन्छ । ‘सिड बेल्ट’ समेत ३१ मिटर चौडाइ भएपनि त्यही क्षेत्रमा घरहरु रहेका छन् । स्थानीयबासीले सहयोग गर्दा मात्रै सो स्थानमा सडक बन्न सक्ने उहाँको भनाइ छ । उनले भन्नुभयो, ‘ती घर नभत्काउँदासम्म सर्भिस ट्याक बनाउन सकिँदैन ।’

सम्बन्धित समाचार