रिया चक्रवर्तीको जमानत आग्रह अदालतद्वारा खारेज

सुशांत सिंह राजपूत आत्महत्या प्रकरणमा जोडिएको ड्रग्स मामिलासम्बन्धी मुद्दामा पक्राउ परेकी अभिनेत्री रिया चक्रवर्तीको जमानतको आग्रहलाई मुम्बईको विशेष अदालतले खारेज गरेको छ । अदालतले उनका भाइ शौविक चक्रवर्ती र अन्य आरोपित अब्दुल बासित, जैद विलात्र, दीपेश सावन्त र समुएल मिरन्दाको जमानत अनुरोध पनि खारेज पनि गरेको छ ।

विशेष अदालतले जमानत नदिएपछि रिया चक्रवर्तीका वकिलले सोमबार मुम्बई उच्च अदालतमा जमानतका लागि अनुरोध गर्ने बताएका छन् । उनले विशेष अदालतको आदेशको प्रतिलिपि पाउने बित्तिकै थप कारबाहीको लागि उच्च अदालत जाने बताए । रियाका वकिल सतिश मानसिन्देले बुधबार रियाको जमानतका लागि अदालतसँग अनुरोध गरेका थिए ।



यी सबै व्यक्तिहरुलाई सुशांत सिंह राजपूतको मृत्युसम्बन्धी लागुपदार्थको मुद्दामा नारकोटिक्स कन्ट्रोल ब्यूरोले पक्राउ गरेको थियो । अदालतले रियालाई १४ दिनका लागि २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा पठाएको थियो ।

समाचार एजेन्सी एएनआईका अनुसार शुक्रबार जमानत अनुरोधमाथि भएको सुनुवाइको क्रममा एनसीबीले जमानत स्वीकृतिको विरोध गर्दै शौविक चक्रवर्ती ड्रग्स सिन्डिकेटको सक्रिय सदस्य भएको र रिहा गरियो भने उसले प्रमाण नस्ट गर्न सक्ने भन्दै जमान सदन अस्वीकार गरेको बताएको छ ।

अदालतले जमानत दिन अस्वीरकार गरेसँगै रिया सोमबारसम्म जेलमै रहने पक्का भएको छ। उहिले उनी भायकुला जेलमा रहेकी छन् ।

सम्बन्धित समाचार