कोरोनाबाट बुटवलको कोरोना अस्पतालमा एकजनाको मृत्यु

बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आइसीयुमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ ।

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुषको मृत्यु भएको हो । अस्पतालमा भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले बताए ।



उनमा कलेजोको रोग, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइको छ । यो सँगै नवलपरासी पश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

सम्बन्धित समाचार