
चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले गरेको परीक्षणमा थप ८७ जनामा कोरोना पुष्टि भएको हो ।अस्पतालको कोभिड ल्याबकी प्रमुख डा नितु अधिकारीले दिएको जानकारी अनुसार गएराति १२ बजेसम्म गरिएको ५३३ नमुना परीक्षणमा ८७ नमुना पोजेटिभ देखिएको छ ।
नयाँ संक्रमितहरु सबै चितवन जिल्लाका छन् । जसमध्ये भरतपुर महानगरको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ९, १०, ११, १२ र १५ का २३ महिला र ५० पुरुष रहेका छन् । उनीहरुको भरतपुर अस्पताल र पुरानो मेडिकलको क्वारेन्टिनबाट स्वाब संकलन गरिएको थियो ।त्यस्तै रत्ननगरको वडा नम्बर १३ र १५ का २ महिला रहेका छन् भने खैरहनी-१ का २ पुरुष र २ महिला छन् ।
त्यसैगरी कालिका नगरपालिका वडा नम्बर २, ७ र ८ का ६ जना पुरुष र २ महिला गरी ८ जना छन् । उनीहरुको स्वाब क्वारेन्टिइनबाट लिइएको अस्पतालले जनाएको छ ।
