विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख १९ हजार नाघ्यो, २ करोड ८६ लाखभन्दा बढी संक्रमित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ८६ लाख ४८ हजार ४८२ पुगेको छ । संक्रमितमध्ये २ करोड ५ लाख ७२ हजार ७०६ जनाले कोरोनालाई जितेका छन् । शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ९ लाख १९ हजार ५७५ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा १ लाख ९७ हजार ४२१ जनाले ज्यान गुमाएका छन् । संक्रमित ६६ लाख ३६ हजार २४७ मध्ये ३९ लाख १७ हजार ९६२ जना निको भएका छन् । २५ लाख २० हजार ८६४ मा सक्रिय संक्रमण देखिएको छ । उनीहरुमध्ये १४ हजार ३४७ जनाको अवस्था गम्भीर छ ।



दोस्रो धेरै संक्रमित मुलुक भारत बनेको छ । भारतमा ४६ लाख ५७ हजार ३७९ जनामा संक्रमण फैलिएको छ । ७७ हजार ५०७ जनाले ज्यान गुमाएका छन् ।

यता नेपालमा भने ५१ हजार ९१९ जनामा संक्रमण पुष्टि भएकोमा ३२२ जनाले ज्यान गुमाइसकेका छन् । ३६ हजार ६७२ जना भने उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित समाचार