कुनै दीर्घरोग नभएका ४० वर्षीय युवाको कोरोना संक्रमणका कारण मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा यही भदौ १४ गते भर्ना भएका ओमसतिया गाउँपालिका ५ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।



उनका अनुसार ती पुरुषमा स्वासप्रश्वास र ज्वरोको समस्या थियो । अरु दीर्घरोग नभएपनि अवस्था चिन्ताजनक बन्दै गएपछि गएराती १२ः३० बजे मृत्यु भएको गौतमले जनाए ।

सम्बन्धित समाचार