चौकीदारी गर्दै आएका एक नेपालीको भारतमा कोरोनाले मृत्यु

भारतको आन्ध्र प्रदेशको कडापा जिल्लामा काम गर्ने एक नेपालीको कोरोनाभाइरका कारण मृत्यु भएको छ । उनी १० बर्ष अघिदेखि कडापा जिल्लामा काम गरिरहेका छन् । उनी त्यहाँको स्थानीय दुभुरु राइस मिल र स्कुलमा चौकीदारको रूपमा काम गरिरहेका थिए।

उनका तीन छोराहरू छन् भने उनकी श्रीमति सात महिनाकी गर्भवती रहेको जनाइएको छ । उनकी श्रीमतिले त्यहाँको स्थानीय भाषा तेलगु बोल्न र बुझ्न नसकेका कारण आफ्नो समस्या छिमेकीहरुसँग राख्न समस्या भएको न्यू इण्डियन एक्सप्रेसले जनाएको छ ।



कोभिड-१९ को संकटका कारण काम नहुँदा परिवारले विगत चार महिनादेखिको घर भाडा तिर्न सकेका थिएनन् । उनीहरूको आर्थिक अवस्थालाई ध्यान दिदै केही स्वैच्छिक संस्थाले सहयोग गरेको समाचारमा उल्लेख छ ।

उनी ३० बर्षको उमेरमा कामको खोजीमा भारतको कडापा जिल्ला बसाई सरेका थिए र दुभुरुमा बसोबास गरिरहेका छन् । पतिको मृत्यु भएपछि परिवारको विचल्ली भएको उनकी पत्नीले बताएकी छिन् । सहयोगको याचना समेत गरेकी छिन् ।

सम्बन्धित समाचार