लमजुङमा बिहानै थपिए १७ जना कारोना संक्रमित

लमजुङ जिल्लामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा सुन्दरबजार-९ र बेसीसहर-२ का गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये सुन्दरबजार-९ का १६ जना पुरुषहरु नेपाल आर्मीमा कार्यरत रहेका छन् भने बेसीशहर-२ कि ५२ वर्षीय महिला कन्ट्रयाक ट्रेसिङमा पत्ता लागेकी हुन् । संक्रमितलाई आइसोलेशनमा लैजाने तयारी भैरहेको छ ।



यससँगै लमजुङमा कोरोना संक्रमितको संख्या ३०१ पुगेको छ । संक्रमितमध्ये १२३ जना भने उपचारपछि निको भएका छन् । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९३५ पुगेको छ ।

सम्बन्धित समाचार