शनिबार साँझ काठमाडौंकै सडकमा गुड्यो सेनाको हवाइजहाज

शनिबार बेलुकी पख काठमाडौंको एयरपोर्टदेखि नारायणहिटी दरबारसम्म सडक आसपास रहने व्यक्तिहरुले सडकमा एक हवाई जहाज गुडेको रमाइलो दृश्य देखे । झट्ट हेर्दा कुनै बिग्रिएको सवारी साधनलाई मर्मतका लागि कतै लगिएको जस्तो देखिन्थ्यो ।

सेनाको पुरानो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट नारायणहिटी संग्रहालयमा राख्नका लागि लगिएको हो । पखेटा निकालिएको विमानलाई विमानस्थलबाट तीनकुने–बानेश्वर–माइतीघर हुँदै संग्राहलय लगिएको थियो । विमानस्थलमा लामो समयदेखि थन्किएको नेपाली सेनाको एभ्रो विमानलाई २०३१ सालमा नेपालमा ल्याइएको थियो । यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए ।



नारायणहिटी संग्रहालयको बदाम चौरमा राखिने यस विमान आवश्यक तयारीपछि सर्वसाधारणले पनि हेर्न पाउने व्यवस्था गरिने नारयणहिटी संग्रहालयले जनाएको छ ।

सम्बन्धित समाचार