कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो ?

नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३४५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र नेपालमा कोरोनाको कारण थप ९ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ६ जना पुरुष र ३ जना महिलाहरु रहेका छन् ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४९ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५४ हजार १ सय ६९ पुगेको छ ।



हालसम्म कुल संक्रमितको प्रतिशत ७१ दशमलव ५ अर्थात ३८ हजार ६ सय ९७ जना घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार १ सय ७३ जना कोरोना मुक्त भएर घर फर्किएका हुन् । त्यस्तै नेपालमा हाल १५ हजार १ सय १७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

हिजो शनिवार नेपालमा १ हजार २०१ जनामा संक्रमण पुष्टि भएको थियो । ८५२ जना संक्रमणमुक्त भएका थिए भने १४ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार