नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ भदाै ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना मुक्त भएका छन् । पछिल्लो पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएसँगै उनी कोरोनामुक्त भएको निजी सचिवालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार केही दिन निवासमा आराम गरेर उनी काममा फर्किने छन् । भदौ १५ गते उनमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टिपछि होम आइसोलेसनमा बसेका उनी १३ औं दिनमा निको भएका हुन् ।
हालसम्म कुल संक्रमितको प्रतिशत ७१ दशमलव ५ अर्थात ३८ हजार ६ सय ९७ जना घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार १ सय ७३ जना कोरोना मुक्त भएर घर फर्किएका हुन् । त्यस्तै नेपालमा हाल १५ हजार १ सय १७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

