नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ भदाै ।

मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी ओलीले आज केही महत्वपूर्ण निर्णय गर्ने तयारी गरेका छन् । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले केही महत्वपूर्ण नियुक्ति गर्ने बताइएको छ ।
बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको नियुक्तीबारे निर्णय गर्ने स्रोतले जानकारी दियो । हालका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आजबाट सकिएको छ । उर्जामन्त्री वर्षमान पुनले घिसिङको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरेका छन्।
त्यस्तै बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा निर्णय गर्न सक्ने स्रोतले जानकारी दियो । यसबारे नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रधानमन्त्री ओलीको ध्यानाकार्षण गरेका थिए ।

