प्रहरी हवल्दारलाई आपत्तिजनक अवस्थामा गाउँलेले समाते

धनुषाका एक प्रहरी हवल्दारलाई एक महिलासँग आपत्तिजनक अवस्थामा गाउँलेले समातेका छन् । धनुषाको सहिदनगर नगरपालिका ३ यदुकोहामा आइतबार राति प्रहरी हबल्दार प्रेम नेपालीलाई एक स्थानीय महिलासँग आपतिजनक अवस्थामा गाउँलेले समातेर कुटपिट समेत गरेका हुन् ।

इलाका प्रहरी कार्यालय यदुकोहामा कार्यरत हवल्दार नेपालीलाई राति १० बजे एक स्थानीय महिलासँग अपत्तिजनक अवस्थामा देखेपछि गाउँलेले पक्राउ गरी प्रहरीमा बुझाएका छन् । राति गाउँलेले प्रहरी हवल्दारलाई ती महिलाको घरमा गएको भनेर पक्राउ गर्दै इलाका प्रहरी कार्यालय यदुकोहालाई जिम्मा लगाएको प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए ।



‘हवल्दार राति ती महिलाको घरमा पुगेपछि स्थानीयले चोर भनेर समातेको र अहिले दुबैजना प्रहरीको नियन्त्रणमा छन्। हामीले घटनाको अनुसन्धान गरिरहेका छौं’, प्रहरी निरीक्षक केसीले भने ।

यता एक स्थानीयले भने प्रहरी हवल्दार र महिलालाई आपत्तिजनक अवस्थामै पक्राउ गरेर प्रहरीलाई बुझाए पनि मेडिकल नगरेको तथा घटना मिलाउन खोजेको आरोप लगाएका छन् ।

सम्बन्धित समाचार