मन्त्रिपरिषद् बैठकः वामदेव गौतम राष्ट्रिय सभा सदस्यका लागि सिफारिस, कुलमानबारे भएन कुनै निर्णय

सरकारले राष्ट्रिय सभा सदस्यका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

आजको बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने चर्चा भएपनि त्यसबारे भने कुनै निर्णय भएन । ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुनले यससम्बन्धी कुनै पनि प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिएनन् । स्रोतका अनुसार कुलमानबारे प्रधानमन्त्री केपी ओली र मन्त्री पुनबीच सहमति भैसकेको छैन । प्रधानमन्त्री ओलीले कुलमानलाई दोहोर्याउन नचाहेको चर्चा छ ।



घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए । उनको कार्यकाल आइतबार सकिएको छ। जनस्तरबाट भने कुलमानलाई फेरि प्राधिकरणमा नियुक्ति गर्न सरकारमाथि दबाव छ ।

सम्बन्धित समाचार