नेत्र बिमली
जलथल, ३० भदाै ।
हल्दिवारी–३ झापामा स्थापना भएको कावेली सिमेन्ट उधोगमा गए राती आगलागी भएको छ । सिमेन्ट उद्योगमको पावर हाउसमा रातको २ बजेतिर आगलागी हुँदा २ करोडभन्दा बढीको नोक्सानी भएको उद्योगका मेनिजिङ्ग डाइरेक्टर सुमन मैनालीले बताए ।
मैनालीका अनुसार राती २ बजेतिर परेको ठुलो चट्याङका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगो लागेको थाहापाउने बित्तिकै स्थानीय, भद्रपुर तथा विर्तामोडबाट आएका २ वटा वारुणयन्त्रले सम्भावित ठलो नोक्सानी हुनबाट जोगाएका छन् ।
झापाका युवा व्यवसायीहरूको करिब ६० करोडको लगानीमा गत सातादेखि मात्र उत्पादन सुरु गरेको सिमेन्ट उद्योगलाई पुनः संचालनमा ल्याउन १५ दिन जति लाग्न अनुमान गरिएको छ ।