नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० भदौ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र सात पुरुष छन् ।
सर्लाहीका ६४ वर्षीय पुरुष, सिरहाकी ३५ वर्षीया महिला, बाराका ५५/५५ वर्षका एक महिला र एक पुरुष, काठमाडौँका ८६ वर्षीया महिला र ३४, ९६ र ६६ वर्षीय पुरुष, मकवानपुरका ६१ वर्षीय पुरुष, रुपन्देहीकी ६४ वर्षीया महिला र कपिलवस्तुका ५८ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ ।
