नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदाै ।
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालामा ज्वरो बढेपछि आज बिहान ६ बजे ओम अस्पताल लगिएको हो।
अहिले ज्वरो कम भएकाे र स्वासप्रश्वासमा सामान्य समस्या भएकोले र आइसीयुमा उपचार भइरहेको जनाइएको छ। उनमा भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
कांग्रेस महाधिवेसनको सरगर्मी सुरु भएपछि उनी अहिले टोखाबाट सरेर महाराजगन्जस्थित निवासमा बस्न थालेका थिए ।