नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।
सुनको मूल्य बढ्ने क्रम बुधबार रोकिएको छ । लगातार दुई दिन बढेर तोलाको ९७ हजार ५ सय सम्म पुगेको सुनको भाउ आज रोकिएको हो ।
सोमबार र मंगलबार गरी एक हजार रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमै किनबेच भइरहेको छ भने तेजाबी सुन पनि ९७ हजार रुपैयाँ कायम छ ।
सुन स्थिर बन्दा चाँदी पनि १३ सय ४० रुपैयाँ प्रतितोलामै अडिएको छ ।