तरकारीको भाउ वृद्धि हुँदा उपभोक्ता मारमा

बजारमा दैनिक उपभोग्य वस्तु तरकारीको भाउ आकासिएको छ । बजारमा दैनिक उपभोग्य वस्तुको भाउ आकासिँदा त्यसको प्रत्यक्ष मार सबैभन्दा बढी न्युन आए भएका उपभोक्ताहरू परेमा परेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यववस्थापन केन्द्रका अनुसार बुधबार आलु प्रतिकेजी ८० रूपैयाँ, काउली १००, मुला ५०, गोलभेडा १००, बन्दा ६५, काउली १००, घिउ सिमी १०० रूपैयाँमा खुद्रा कारोबार भइरहेको छ । केही तरकारीको भाउ घटेको भएपनि अधिकांश तरकारीको भाउ भने बढेको छ । व्यापारीहरूले भने भाउ बढ्नुमा उत्पादन नै घटेको र ढुवानी प्रभावित भएको लगायत कारण देखाउँदै आएका छन् ।



त्यस्तै भारत सरकारले प्याजको निर्यातमा तत्कालका लागि प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको मूल्य बढ्न थालेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार मंगलबारसम्म सुकेको प्याजको मूल्य ७४ देखि ७६ रूपैयाँसम्म कायम भएको थियो भने बुधबार उक्त मूल्य बढेर १२० रूपैयाँ पुगेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार गत आइतबार ६२ र सोमबार ३५ टन प्याज आयात भएकोमा मंगलबार प्याजको आयात शून्यमा झरेको छ ।

महंगोमा प्याज बेच्ने व्यापारी पक्राउ

महंगो मूल्यमा प्याज बिक्री गरेको भन्दै प्रहरीले बुधबार बल्खु बजारबाट एकजना व्यवसायी पक्राउ गरेको छ । काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा निजले प्रतिकेजी १ सय ३० रूपैयाँको दरले प्याज बेचेको भेटिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । साथै उनको पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको छ । अनुगमनका क्रममा वाणिज्य विभागले अन्य ७ वटा पसललाई हाजिर भएर जरिवाना तिर्न भन्दै पूर्जीसमेत काटेको छ ।

सम्बन्धित समाचार