राष्ट्रपति भण्डारीद्वारा वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त

अन्ततः नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको रिक्त एक पदमा गौतमलाई नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले गौतमलाई बुधबार बेलुका ८ बजे माथिल्लो सदनको सदस्य पदमा नियुक्त गरेकी हुन् ।

भदौ २९ गते बसेको मन्त्रिपरिषद्को नियमित बैठकमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाको एक पदमा गौतमको नाम नियुक्त गर्न सिफारिस गरेको थियो । नेकपाको फागुन १४ गते बसेको बैठकले गौतमलाई राष्ट्रपतिले नियुक्त गर्ने एक पदमा नियुक्त गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।



पार्टी निर्णयको ७ महिनापछि सो निर्णय कार्यान्वयन भएको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमले त्यसयता थुप्रैपटक सांसद बन्ने प्रयत्न गरेका थिए । पूर्व अर्थमन्त्री युवराज खतिवडा कार्यकाल सकिएर राष्ट्रियसभाबाट बाहिरिएपनि उक्त स्थानमा गौतमलाई नियुक्ति गरिएको हो ।

सम्बन्धित समाचार