नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असोज ।

पशुपतिनाथ बन्द भएको पनि झण्डै झण्डै ६ महिना भैसक्यो । यस्तोमा भक्तजनहरुलाई पशुपतिनाथको दर्शन गर्न मन लाग्नु स्वभाविकै हो । त्यसैले अब पशुपतिमा दर्शन गर्न पाउनुपर्ने मागसहित भक्तजनले प्रर्दशन गरेका छन् ।
बिहीबार बिहान पशुपति क्षेत्रमा पुगेर दर्शनार्थीले मन्दिर छिर्ने प्रयास गर्दै नाराबाजी गरेका छन् । प्रर्दशनमा उत्रेका भक्तजनहरुलाई प्रहरीले तितरवितर गराएको छ । योजनाबद्ध रुपमा पशुपतिनाथ लगायका आपसका मन्दिर खुला गर्नुपर्ने मागसहित भक्तजनहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् । उनीहरुले आफ्नो धार्मिक आस्थामा सरकारले आक्रमण गरेको भन्दै आपत्ति जनाएका छन् ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गत चैत ७ गतेदेखि पशुपति क्षेत्रमा भक्तजनलाई पूर्ण रुपमा प्रवेशम रोक लगाइरहेको छ । अहिले पशुपति आसपासमा भक्तजन र प्रहरीबीच घम्साघम्सी भइरहेको छ ।
