नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असोज ।

कोरोना संक्रमण भई ओम अस्पतालमा उपचाररत् रहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले अस्पतालबाटै आफ्नो स्वास्थ्यबारे जानकारी गराएका छन् । उनले संक्रमण भएपछि आफू ओम नर्सिङ होमको आइसोलेसनमा भएको प्रत्यक्ष जानकारी गराउँदै कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
‘तपाईंहरुले चिन्ता लिनुपर्दैन । दुई–तीन दिन अझै यहाँ बसेर डिस्चार्ज हुन्छु । यति नै भनौं, यहाँहरु सबैलाई धन्यवाद, जय नेपाल,’ उनले भिडियो सन्देशमा भनेका छन् ।
कोभिड–१९ संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका महामन्त्री कोइरालालाई मंगलबार साँझ ज्वरो आएपछि बुधबार बिहान अस्पताल भर्ना भएका हुन् ।
https://www.facebook.com/Drshahankkoiralasecretariat/videos/648333805812452/
