गएकाे २४ घण्टामा काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं उपत्यकामा बिहिबार ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २२४ महिला र ३९४ पुरुष गरी थप ६१८ कोरोना संक्रमित थपिएका हुन् ।

आज काठमाडौंमा ५०७ (१६४ महिला, ३४३ पुरुष), भक्तपुरमा ५० (२९ महिला, ३१ पुरुष), ललितपुरमा ६१ (३१ महिला, ३० पुरुष) मा कोरोना पुष्टि भएको हो । मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन । यस्तै आज उपत्यकामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ८७ वर्षिय पुरुष रहेका छन् ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ६ सय ४१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा ४ सय २८ जना महिला र ८१८ जना पुरुष गरी थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको हो ।

आजसम्म ८ लाख ८२ हजार ९१५ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै कुल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।

सम्बन्धित समाचार