नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असोज ।

तुलसीपुरको सीटी हस्पिटलमा जटिल प्रकृतिको अप्रेसन सफलतापूर्वक सम्पन्न भएको छ । आईतबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी २६ वर्षीय एकजना युवकको लिंग भाचिएपछि उनलाई तत्काल हस्पिटल पुर्याईएको थियो ।
यौन सम्पर्क गर्नेक्रममा उनको लिंग भाचिएको थियो । समयमै हस्पिटल पुर्याएपछि चारघण्टा लामो अप्रेसन पछि उनको लिंग जोडिएको हो । सर्जन डाक्टर सुशिल खनिया, एनेस्थेसिस्ट डाक्टर रुपेस महतो, डाक्टर वसन्त डाँगी स्टाफ नर्स तनिसा गौतम लगायत को स्वास्थ्यकर्मिको टीमले सफलतापुर्वक सल्यक्रिया गरेको थियो ।
यस अघि पनि हाडजोर्नी, स्त्रीरोग सम्बन्धी लगायतका अप्रेसनहरु दिनहुँ सफलतापूर्वक सम्पन्न हुँदै आएको हस्पिटलका प्रवन्ध निर्देशक हेम राज बस्नेतले जानकारी दिए ।
