नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असाेज ।

लमजुङ जिल्लामा कोरोना संक्रतिको संख्या ३२१ पुगेको छ । १७२ जनाले भने कोरोनालाई जितेका छन् । ति मध्ये १९ जना आजै कोरोनामुक्त भएका हुन् ।
शुक्रबार संक्रमणमुक्त हुनेमा बेसीशहर नगरपालिकाका १३ जना, सुन्दरबजार, राइनास नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाका एकरएक गरी तीन जना रहेका छन् । लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसन र शहरी विकासको भवन सहजीको आइसोलेसनमा रहेका संक्रमितलाई शुक्रबार डिस्चार्ज गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
जिल्लामा पीसीआर परीक्षण गर्दा पहिलो पटक विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । पछिल्लो समय समुदायस्तरमा तथा कन्ट्रयाक्ट ट्रेसिङ गर्दा १४ दिनको शिशु देखि ७५ वर्षको उमेरसम्मका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
