‘माओवादी जनयुद्ध र मधेश विद्रोह संविधानसभा र गणतन्त्रका वास्तविक जननी’

जनता समाजवादी पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेश विद्रोह भएको बताएका छन् । संविधान जारी भएको पाँच वर्ष पूरा हुन एक दिनअघि शुक्रबार उनले यस्तो बताएका हुन् ।

संविधान दिवसमा सबैले सम्झनुपर्ने कुरा भन्दै भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ‘संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका जननी जनयुद्ध र मधेश विद्रोह हुन् । अरु धाई, सुसारे, पण्डा, नर्तकी र तमासे हुन् ।’



गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित नभएको भन्दै वर्तमान सरकारप्रति कटाक्ष गरेका भट्टराईले यसको रक्षा गर्न आग्रहसमेत गरेका छन् ।

भट्टराईको ट्वीट – ‘संविधान दिवसमा सबैले सम्झनुपर्ने कुराः १.संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेश विद्रोह हुन् । अरू धाई, सुसारे, पण्डा, नर्तकी, तमासे हुन् । २.गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित छैन ३.अपांग शिशुको उपचार र रक्षागरौं !’

सम्बन्धित समाचार