नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असोज ।
नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी देशभरमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेका छन् ।
मृत्यु हुनेमा मोरोङका २ पुरुष, काठमाडौँका एक महिला र एक पुरुष, भक्तपुरका १ पुरुष, ललितपुरकी एक महिला र नवलपरासीका एक पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ।
यो कुल संक्रमितमध्येको ०.६३ प्रतिशत हो ।