नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असाेज ।
एक जना निजी सुरक्षाकर्मी (अंगरक्षक)लाई कोरोना पोजिटिभ देखिएपछि उर्जामन्त्री वर्षमान पुन पाँच दिनका लागि आइसेलेसनमा बसेका छन्। मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टका अनुसार आज शुक्रबारबाट मन्त्री पुन, पूर्व सभामुख ओनसरी घर्तीसहित परिवार नै मन्त्री निवासमै आइसोलेसनमा बसेका हुन्।
‘मन्त्री र पूर्व सभामुखको परिवारका सदस्य, निजी सचिवालयका सदस्य, ड्राइभर र सुरक्षाकर्मीसहित ३० जनाको परीक्षण गर्दा एक जना सुरक्षाकर्मीलाई पोजिटिभ देखियो’, भट्टले भने, ‘अब सबै जना पाँच पदनका लागि आइसोलेसनमा बस्ने र फेरि परीक्षण गर्ने तयारी छ।’
काठमाडौं उपत्यकामा कोरोना संक्रमण निकै बढेपनि मन्त्रीहरू मन्त्रालय र आफ्नो क्षेत्रमा सक्रिय नै छन्। पछिल्लो समय मन्त्रालय र निवासमा हुने भेटघाट केही कम गरिएपनि अन्य बैठकहरू जारी छन्।