दुई, तीन दिनभित्रमै मन्त्रिमण्डल पुनर्गठन हुन्छ: प्रचण्ड

गृह जिल्ला चितवन पुगेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै केन्द्र र प्रदेशका मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन्। शुक्रबार चितवन पुगेका प्रचण्डले केही नेताहरुसँग संघीय मन्त्रिपरिषद् र केही प्रदेशको मन्त्रिमण्डल पनि पुनर्गठन हुने बताएका थिए ।

उनले प्रधानमन्त्री केपी ओलीसँग मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल भइरहेको र करिव करिव सहमति जुटिसकेको संकेत गरेका थिए । आइतबार बस्ने सचिवालयले यसलाई पुर्णता दिने उनको भनाई थियो । सचिवालय बैठकले मन्त्रिमण्डलमा पठाउने विषयमा मापदण्ड बनाउने र सोही मापदण्डअनुसार मन्त्री छानिने प्रचण्डले बताए।



नेताहरूसँगको कुराकानीमा प्रचण्डले दुई,तीन दिन भित्रमै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका थिए । त्यतिमात्र होइन उनले केन्द्रको कुरा मिलिसकेको र प्रदेशका कतिपय कुरा मिल्न बाँकी भएकाले अहिलेसम्म रोकिएको बताएका थिए ।

 

सम्बन्धित समाचार