अमेरिकी सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश गिन्सबर्गको निधन

अमेरिकी सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश रुथ बाडर गिन्सबर्गको ८७ वर्षको उमेरमा निधन भएको छ । महिला अधिकारकी च्याम्पियन तथा मत्वपूर्ण प्रगतिशील फैसलाका लागि सदैव स्मरण गरिने न्यायाधीश गिन्सबर्गको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सर्वोच्च अदालतले जारी गरेको वक्तव्यमा न्यायाधीश गिन्सबर्गको वासिङ्गटन डिसीस्थित घरमा निधन भएको हो । यसअघि क्यान्सर निको भए पनि उनी फेरि मेटिस्टाटिक प्याङ्क्रियाटिक क्यान्सरबाट पीडित थिइन् ।



सर्वोच्च अदालतमा २७ वर्षअघि न्यायाधीशका रुपमा नियुक्त भएकी गिन्सबर्ग सबैभन्दा बढी उमेरकी सक्रिय न्यायाधीशसमेत थिइन् ।

सम्बन्धित समाचार