नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असोज ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५ सय ७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । शनिबार देशभर १ हजार २ सय ४ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।
