नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ असोज ।
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ७६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
शनिबार उपत्यकामा ७११ जनामा संक्रमण पुष्टि भएको थियो ।