पेरिसडाँडामा आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमा बस्ने

नयाँ मन्त्री छान्न आज बस्ने तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । हिजो पार्टी कार्यलय पेरिसडाँडामा बसेको बैठकले आज पनि पेरिसडाँडामै सचिवालय बैठक बस्ने निर्णय गरेको थियो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो। ‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२ः३० बजे बालुवाटारमा बस्ने भएको छ,’ श्रेष्ठले ट्वीट गरेका छन्।



यसअघि पहिलो पटक आइतबार नेकपा सचिवालय बैठक पेरिसडाँडामा बसेको थियो । सो बैठकमा मन्त्रिमण्डल हेरफेरका विषयमा छलफल भएको थियो।

सम्बन्धित समाचार