नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असोज ।

धेरै पटक हिमाल आरोहण गरेर हिमचितुवा भनेर चिनीने हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ । शेर्पाको सोमबार विहान १० बजे आफ्नै निवास जोरपाटीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । शेर्पा ७२ वर्षका थिए ।
शेर्पा पहिलो पटक सन् १९८३ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । शेर्पाले दश पटकसम्म सगरमाथा आरोहण गरेर कीर्तिमान राखेका थिए । विना अक्सिजन सगरमाथा आरोहण गरेर उनको अर्को कीर्तिमान राखेका थिए । शेर्पाको जन्म सोलुखुम्बु थामोमा भएको थियो ।
बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका शेर्पालाई हिम चितुवाका उपनामले समेत चिनिन्थ्यो । उनी लिभर सम्बन्धी समस्याबाट पीडित थिए ।
