अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खामभित्र विष राखेर चिठी पठाउने महिला गिरफ्तार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खामभित्र विष राखेर पत्र पठाउने शंकास्पद महिला पक्राउ परेकी छिन् । अमेरिकाको फेडरल ल इन्फोर्समेन्टका अधिकारीहरुले ती महिलालाई पक्राउ गरिएको जानकारी दिएका छन् । खामभित्र रिसिन नामको घातक विष थियो ।

शंकास्पद महिला क्यानडाको सीमा क्षेत्रबाट अमेरिका प्रवेश गर्ने प्रयासमा थिइन् जहाँबाट उनलाई पक्राउ गरिएको हो । सीएनएनका अनुसार अधिकारीहरुले ती महिलाको साथमा बन्दुक पनि भएको बताएका छन् । उनले अब सजायको सामना गर्नुपर्ने सम्भावना देखाइएको छ ।



यो घटनाबारे जानकार एक व्यक्तिले सीएनएनलाई बताए अनुसार यो विषको प्याकेट क्युबेकका सन्त हुबर्टले पठाएका थिए र यसका क्यास्टर बिन्स जस्ता दाना प्याकेटभित्र थिए । यो विषको पुष्टिको लागि २ परीक्षण गराइएको थियो । अमेरिकामा ३ नोभेम्बरमा राष्ट्रपति निर्वाचन हुन लागेकोले यो घटनालाई गम्भीर रुपमा लिइएको छ ।

सम्बन्धित समाचार